युएइका नागरिक सरह नेपालीले उपचार पाउने !

काठमाडौँ, चैत २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ) का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचार बारे चासो व्यक्त गर्नुभएको छ । विश्वभर को;रोना भाइरसको स’ङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेश स्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।

सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधान मन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमानदार र परिश्रमी भएको बताउँदै उनीहरूले युएइको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो। त्यहाँ स्थित नेपाली राजदूत कृष्णप्रसाद ढका लका अनुसार युवराजबाट नेपालीहरूलाई युएइका नागरिक सरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो ।

“विशिष्ट घडीमा युएइमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नु भएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई युएइका नागरिक सरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभ एकोमा युवराज प्रति आभार प्रकट गर्दछौं।” राजदूत ढकालले सामाजिक सञ्जालमा भन्नुभएको छ। नेपाल सरकारले पनि यहाँ रहेका विदेशी नागरिकलाई कोरोना भाइरस सङ्क्रमण भएमा आफ्ना नागरिक सरह उपचार र सुविधा दिने जनाउँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्