प्रधानमन्त्री ओलीले आज जनताका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अाज मंलबार विहान ११ बजे देशबासीका नाममा सम्बोधन गर्ने हुनु भएको छ । बालुवाटार स्रोतका अनुसार को;रोना सं’क्रमण तथा लकडाउन भोगि रहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको हो । यो संकटको घडीमा प्रधानमन्त्रीको सम्बोधन स्वभाविक हो ।

सरकारले गरेको अहिले सम्मका तयारी र बनाएका कार्यायोजना बारे प्रधानमन्त्री ओलीले आज (मंगलबार) सम्बोधन गर्न लाग्नु भएको हो । प्रधान मन्त्री ओलीले आफूले स’म्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रि परिषद् बैठकमा गराउनु भएको थियो । प्रधानमन्त्री ओलीले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।

यस अघि हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउन (बन्दाबन्दी) वैशाख ३ गतेसम्म लम्ब्याएको छ।चैत ११ गतेयता जारी लकडाउन मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बैठकले पुनः आठ दिन थप गर्ने निर्णय गरेको हो। को;रोना भाइरस (को’भिड –१९) रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्