चाँडै नेपालमा चीनबाट स्वास्थ्य सामग्री आउँदै छ : चिनियाँ राजदूत

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले चाँडै नेपाललाई मेडिकल सामग्री र उपकरण पठाउने बताएकी छन् । चीन र विश्वका अन्य देशमा म’हामारी फैलिए पछि नेपाल सरकारले अपनाएका उपायको उनले उच्च प्रशंसा गरेकी छन् । राजदूत यान्छीले नेपाल, दक्षिण एसियासहित विश्वका एक सय २० देशलाई चीनले सहयोग गरिरहेको उल्लेख गरेकी छन् ।

चिनियाँ राजदूत यान्छीले नेपाली सञ्चारमाध्यमलाई पठाएको प्रश्नोत्तर सहितको वक्तव्यमा चीनलाई गाह्रो परेका वेला नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेकी छन् । ‘चीनले पनि नेपाललाई सहयोग पुर्‍याउन कोसिस गरिरहेको छ । हाम्रो दूतावासले हालै नेपालका सम्बन्धित मन्त्रालयहरूसँग कागजात आदानप्रदान गरेको छ, भिडियोमा कुराकानी गरेको छ ।

महामारी रोकथाम र नियन्त्रण, क्लिनिकल उपचार, भन्सार क्वारेन्टाइनसम्बन्धी जानकारी र अनुभव हामीले सुनाएका छौँ,’ उनले भनेकी छन् । चीन सरकारले नेपाललाई भौ’तिक सहयोग गर्नेसमेत उनले आश्वासन दिएकी छन् । ‘चीनको केन्द्र सरकारले नेपाललाई भौतिक सहयोग प्रदान गर्नेछ । यसका लागि दुवै पक्ष सम्पर्कमा छन् । आजको नया पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्