आगामी दुई साता हाम्रा लागि थप चुनौतिपूर्ण हुनसक्छ : प्रधानमन्त्री

काठमाडाैँ, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले को;रोना भाइरस विरुद्धको लडाइँमा साथ दिएकोमा नेपाली जनताप्रति आभार व्यक्त गर्नु भएको छ। आज देशबासीको नाममा प्रधानमन्त्री निवास बालुवाटार बाट सम्बोधन गर्दै प्रम ओलीले को;रोना भाइरस वि’रुद्धको लडा’इँमा साथ दिएकोमा नेपाली जनताप्रति आभार व्यक्त गर्नु भएको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता नेपालका लागि थप चुनौति पूर्ण हुन सक्ने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले को;रोनाको लक्षण देखिने र समुदायमा फै’लने अवधि भएका कारण आगामी दुई साता थप चुनौतिपूर्ण हुने बताएका हुन्।

‘आगामी दुई साता सायद हाम्रा लागि थप चुनौति पूर्ण हुनसक्छ, यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधिमात्रै होइन, समूदायमा फैलिन उच्च जोखिमको अवधि पनि हो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले महामारीको संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्