कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं। को;रोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

तर राष्ट्रिय परीक्षा बोर्डले यी दुवै परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ । बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही अनुसार गर्न निर्देश गरेको छ । अर्को सूचना जारी नभए सम्म परिक्षा स्थगित गरिएको छ। सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुने जानकारी गराईएको छ ।

को’भिड –१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ। विद्यार्थी अभिभावक लगायत सम्पूर्ण नागरिकहरु यस संक्रमणको महामारीबाट जोगिनको लागि सावधानी पूर्वक रहन र सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै बोर्डले विद्यार्थीलाई घरमै बसेर परीक्षा को तयारी गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्