नेपालीलाई अप्ठेरो पर्न नदिने कुवेत सरकारको प्रतिबद्धता

काठमाण्डौ – कुवेतले को;रोना भाइरसका कारण नेपाली श्रमिकलाई कुनै पनि अप्ठेरो पर्न नदिने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कुवेतका प्रधान मन्त्री शेख सभा खालिद अल अहमद अल सभासँग नेपाली सुरक्षाको बारेमा टेलिफोन मार्फत कुराकानी गर्नुभएको थियो ।

कुराकानिमा कुवेतका प्रधानमन्त्रीले त्यहाँ कार्यरत श्रमिकलाई कुनै अप्ठेरो पर्न नदिने र उपचारमा पनि खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री ओलीले आफ्नो ट्वी’टर ह्याण्डल मार्फत जानकारी दिनुभएको छ । कुवेतका प्रधान मन्त्रीले नेपालीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

कुवेतमा अहिलेसम्म एक जना नेपालीमा को;रोनाको सङ्क्रमण देखिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । प्रधान मन्त्री ओलीले यसअघि बहराइन र यूएईका राष्ट्र प्रमुखसँग पनि टेलिफोन मार्फत कुराकानी गर्दै त्यहाँ रहेका नेपालीका बारेमा चासो राख्नु भएको थियो । यूएईले पनि नेपालीको उपचार यूएईका नागरिक सरह गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्