मनकारी युवा नेता अब्दुल हुसेनले गरे ८१ बिपन्न घर परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं : को;रोना भाइरस (को’भिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले आह्वान गरेको लकडाउनका काराण समस्यामा परेका बिपन्न समुदायका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता अब्दुल हुसेन खाँद्धारा कोह लपुर ४ का बिपन्न समुदाय लाई खाद्यान्न सहयोग गरेका छन ।

युवा नेता खाँले कोहलपुर वडा नम्बर चारका ८१ बिपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन्। उनिले प्रति परिवार १७.५ किलोका दरले चामल बितरण गरेका हुन। कोहलपुर ४ का अति बिपन्न समुदायका मानिसको गुजारा गर्न गाह्रो भएकोले आफुले व्यक्ति गत तवरबाट सहयोग गरेको नेता खाँले बताएका छन् ।

उनले महाविपत्तिका समयमा राज्यको सहयोगले मात्रै नपुग्ने भएकाले आफ्नो टोल छिमेका रहेकाहरुलाई सहयोग गरेको बताएका छन। राहात बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जानुका क्षेत्री लगायतको सहभागिता रहेको थियो भने खाँले ६० हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्