सीमामा अलपत्र परेका नेपालीलाई क्वरेन्टीनमा राख्न सर्वाेच्चको आदेश

काठमाण्डौ : सर्वोच्च अदालतले नेपाल–भारत सिमानामा रहेका नेपालीलाई नेपाल ल्याएर मापदण्ड अनुसार क्वरेन्टीनमा राख्न सरकारलाई आदेश दिएको छ । नेपाल ल्याएर तत्काल क्वरेन्टीनमा राख्ने सम्भावना नभएमा भारतसँग तत्काल समन्वय गरी लकडाउन अवधिसम्मका लागि उनीहरुको खाने, बस्ने र उपचारको व्यवस्थापन मिलाउन पहल गर्न पनि सर्वोच्चले भनेको छ ।

यस्तै क्वरेन्टीनमा रहेका व्यक्तिलाई डब्लूएचओको मापदण्ड अनुसार स्वास्थ्य उपचार लगायत सेवा उपलब्ध गराउन पनि सर्वोच्चले सरकारको नाममा आदेश दिएको छ। विदेशमा रहेका नेपालीको भिषा सकिएको वा राहदानीको म्याद सकिएको कारणले समस्या परेको भएसम्बन्धित देशसँग समन्वय गरी उनीहरुको बसाइँ सहज बनाउन पनि सरकारलाई सर्वोच्चको निर्देशन छ ।

यस्तै सर्वोच्च अदालतले विवदेशमा रहेका तर नेपाल आउन चाहने नेपालीलाई सम्बन्धित देशसँग कुट नीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्न भनेको छ । उनीहरु सबैको व्यक्तिगत विवरण राखेर मात्रै नेपाल प्रवेश गराउनुपर्ने र नेपाल ल्याउन सम्भव नभए उनीहरुको व्यवस्थापनमा पहल गर्न सर्वोच्चको आदेश छ । सर्वोच्चले विश्वभर को;रोना भाइरस फैलिरहेको समयमा नेपालले आफ्नो नागरिकको सुरक्षामा प्रयत्नसिल भैरहे पनि त्यो प्रयास प्रयाप्त रहनेको नदेखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्