लकडाउनका वावजुत ९ सय मेगावाटको अरुण तेस्रोमा काम शुरु

सङ्खुवासभा, चैत २५ । लकडाउनका कारण रोकिएको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ। सङ्खुवासभाको मकालु र चिचिला गाउँ पालिकामा निर्माणाधीन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए।

को;रोना भाइरस निय’न्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भए पछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक अरुन धिमानले बताए । अधिकांश मजदूर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएको बताइएको छ। भारतीय निर्माण कम्पनी सतलजले निर्माणको काम गरिरहेको छ। आयोजना स्थलमा रहेका करिब १ हजार ५ सय कामदारले काम थालेका हुन्।

यस अघि आयोजनामा ३ हजार कामदार रहेपनि कोरोनाको त्रासले धेरैजसो घर गएको निर्माण कम्पनीले जनाएको छ। अधिकांश कामदार भारतीय छन्। कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिदै का शुरु गरिएको जनाइएको छ। विद्युत गृह र बाँधलगायतका विभिन्न सुरुङमा वि’स्फो’टको काम थालिएको जनाइएको छ। लकडाउनले आयोजनामा चाहिने सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको अभाव हुने देखिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्