साउदीका निजी कम्पनीलाई कामदारको तलब र काम गर्ने समय कटौती गर्न स्वीकृति

काठमाडौं। को;रोना भा’इरसको म’हामारीका कारण व्यवसाय प्रभावित भएका साउदी अरेबियाका निजी कम्पनीहरुलाई आफ्ना काम दारको तलब र काम गर्ने समय कटौती गर्न अनुमति दिइएको छ । तर, उनीहरुले कामदारको सहमतिमा मात्र यस्तो गर्न पाउने र घटाइएको पारिश्रमिक उनीहरुको घटाइएको काम गर्ने समयसँग मिल्नुपर्ने त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले केही कम्पनीहरुले को;रोना भा’इरसको सं’कटको फाइदा उठाउँदै आफ्ना कामदारको शो’षण गर्ने आशंकाको समेत निराकरण गर्दै यस प्रकारको कुनै शोषण भएमा कामदारले उजुरी गर्न सक्ने समेत जनाएको छ। ‘कुनै पनि किसिमको शोषण भएमा कामदार ले मन्त्रालयको वेबसाइट, च्यानल वा सामाजिक संजाल प्लेटफर्ममा उजुरी गर्न सक्नेछन्’ मन्त्रालयको मानव संसाधन मामिलाका निर्देशक साद अल हम्मादले अरब न्यूजसँग भने ।

हम्मादका अनुसार यो साउदी नागरिक र प्रवासी कामदार दुवैको हकमा लागू हुनेछ । साउदी सरकारले दिएको राहत र मु-आब्जा, जस्तै गत हप्ता घोषणा भएको ९ अर्ब साउदी रियल राहतको लाभ पाउने रोजगार दाताले भने कामदारको सम्झौता रद्द गर्न पाउने छैनन् । कामदारले भने सम्झौता रद्द गर्न पाउनेछन् । मन्त्रालयले कामदारलाई सम्झौताअनुसारका सुविधा पाउनबा बञ्चित हुनुपर्ने अवस्था आउन नदिन यस्तो गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्