बिरामी जाँच्न पन्छिन्छन् निजी क्षेत्रका अस्पताल

काठमाडौं। को;रोना भाइरस (को’भिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन्। को;रोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् । याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

सरकारले निजी क्षेत्रका अस्पतालसँग को;रोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ । सोमबारकोे मन्त्रि परिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सक सरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन् ।

चीनमा को;रोना भाइरसको महामारी शुरू भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन दिएको थियो । पाटन अस्पतालले माघ १३ गते नै निजी तथा सरकारी अस्पतालसँग छलफल गरी तयारी अवस्थामा रहन आग्रह गरिसकेको थियो। त्यस पछि पनि स्वास्थ्य मन्त्रालयदेखि अन्य निकायले निजी अस्पतालको निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छन् ।

तर अधिकांश अस्पतालले अझै ढिलासुस्ती गर्दै आएका छन् । कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन् । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्नासमेत लिन मानेका छैनन् । तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो ।

प्रतिक्रिया दिनुहोस्