लकडाउन एउटा फरक अनुभव भयो : मनोज गजुरेल

काठमाडौं, २६ चैत । सरकारले कोभिड १९ को संक्रमण फैलन नदिन गरेको लकडाउनको घोषणासंगै धेरैको दैनिकीको तौरतरिका नै बदलिन पुगेको छ। रंगकर्मका माध्यमबाट धेरैको ओठमा मुस्कान छर्ने हास्यब्यङ्ग्यकार मनोज गजुरेलपनि यसबाट अछुतो रहने त कुरै भएन । त्यसो त क्रिएटिभ मानिएका कलाकार मनोज चर्चामा आइरहन्छन् ।

यस अघि उनले प्रयोग गरेको करोड शब्द र निवर्तमान सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ७० करोड काण्डमा पनि जोडिदा मनोज गजुरेलको चर्चा निक्कै नै भयो । बहुरुपी र कलाका धनी मनोज केही न केही नयाँ काममा गरिरहन्छन । विश्व नै को;रोनाको सन्त्रासमा रहेको बेला सरकारले घरमा नै बस्न गरेको आग्रह मानेर मनोज पनि यतिबेला परिवारसंगै घरमा बसि रहेका छन ।

सामान्य जीवन विताउन रुचाउने मनोज घरमा योगा ध्यान तथा नयाँ साथीहरुको अनलाईन ग्रुप बनाएर विभिन्न आइडिया सेयर गरिरहेका छन । परिवारसंग समय बिताउन अरु बेला समय नपाउनेहरुको लागि उपयुुक्त समय भएको भन्दै उनी पनि सके स्वक्वारेन्टाइन को समय परिवारलाई दिईरहेका छन । अन्य समयमा दिनको एक घण्टा योगा गर्ने मनोज यस लकडाउनको समयमा दिनमा दुईघण्टा योगा गर्छन ।

यस समयमा टिभी भन्दा पनि पुस्तकहरु नै उपयुुक्त रहने भन्दै उनले अनलाईन मार्फत भए पनि पुस्तक पढ्न सबैलाई सुझाव पनि दिए। उनी आफू पनि क्वारेन्टाइनमा रहदा पुस्तक नै पढी रहेका छन। अन्य समयमा देश बिदेश र विभिन्न कार्यक्रममा नै धेरै समय बित्ने कलाकार तथा काम तथा पढाईको सिलसिलामा ब्यस्त रहनेहरुको लागि अनुभव आदान प्रदान गर्ने उपयुक्त समय रहेको भन्दै उनले परिवारको सदस्य्हरुको बिचमा अनुभव साटासाट गर्न आह्वान पनि गरे ।

उनले समयले यो फरक किसिमको अनुभव गराएको भन्दै आफुले यो समय सकेसम्म क्रिएटि बनाउने कोसिस गरेको बताएका छन। बाहिर निस्कि रहने मनोजलाई भित्र बसिराख्दा केही असहज भएपनि आफन्तसंग बस्दा समय सजिलै बित्नुका साथै आफुलाई रिफ्रेस गर्न समेत भ्याएका छन । विश्वका शक्तिशाली राष्ट्रले पनि यहि महामारीसंग जुधी रहेको र धेरै मानिसको ज्यान गएको अवस्थामा घर भित्र बस्नुको विकल्प नरहेको भन्दै उनले सबैलाई घरमा नै बस्न सबैलाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्