साउदीमा को’रोना सङ्क्रमित तीन जना नेपाली निको भए

काठमाण्डाै – साउदीमा को;रोना स’ङ्क्रमित चार जना नेपाली मध्ये तीन जना निको भएका छन् । साउदीमा रहेको नेपाली दूतावासले को;रोना स’ङ्क्रमित चारमध्ये तीन जना निको भएको र एक जनासँग स’म्पर्कमा रहेको जनाएको छ ।

खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना नेपाली सङ्क्रमित भएका छन्। यूएईमा दुई जना सङ्क्रमित नेपाली यसअघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा अहिलेसम्म २९ जना सङ्क्रमित भएका छन् । जसमध्ये यूएईमा दुई जना सङ्क्र मित नेपाली यस अघि नै निको भइसकेका छन् । खाडीका देश र मलेसियामा जम्मा १३ हजार ७१५ जना स’ङ्क्रमित छन् ।

यस्तो छ दुताबासले फेसबुक मार्फत दिएको नेपाली नागरिकको पछिल्लो अवस्था र अन्य जानकारी

१. साउदी अरबमा को;रोनाको संक्रमण हुनु भएका ४ जना नेपाली नागरिकहरु मध्ये ३जना निको भइ काममा फर्किनु भएको सबैमा जान कारी गराइन्छ । नेपाली राजदूतावास उहाँहरुसँग सम्पर्कमा रहिरहेको छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन ।

२. आज मिति २०७६।१२।२६ (अप्रिल ८, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा को;रोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ। आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

३. साउदी स्वास्थ्य मन्त्रीले कोरोना नियन्त्रणको प्रयासमा सबैको साथ सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमित हुनेहरुको संख्या घट्ने उल्लेख गर्दै सरकारका प्रयासहरुमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ। उहांले We are all responsible भन्ने नारालाई आत्मसात गर्न पनि सबैलाई अनुरोध गर्नुभएको साउदी सरकारी समाचार एजेन्सीले जनाएको छ ।

केहि अध्ययन र सिफारिसहरुलाई उल्लेख गर्दै उहाँले सर्वसाधारणकाे सहयोग नभएमा साउदी अरबमा आउँदा केही हप्तामा को;रोना भाइरसको सं’क्रमण भयावह हुने र १० हजार देखि २लाख जनामा यो संक्रमण फैलन सक्ने चेतावनी दिँदै सहयोगको अनुरोध गर्नु भएको हो । तपाई हामी नेपाली कोही पनि कोरोना संक्रमणको कारण वा शिकार नबनौँ । स्थानीय सरकारका प्रयासमा पूर्णरुपमा साथ दिऔँ।

४. विदेशी नागरिकहरुसँग काम गर्दा, हिँड डुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्नुहुन, एक अर्का बीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सर सामानलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्नुहोला । नेपाली राजदूतावास, रियाद

प्रतिक्रिया दिनुहोस्