सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा १५ वर्षयता पहिलो पटक चैत महिनामा हिमपात भएको छ । यस अघि फागुन १५ गते सम्म हिमपात हुने खुम्बुमा यस बर्ष चैत अन्तिम साता बुधबार हिमपात भएको हो। वैशाख सुरु हुनै लाग्दा भएको हिमपातले खुम्बुवासी अचम्मित बनेका छन् ।
हिमपात भएसँगै खुम्बुमा चिसो समेत बढेको नाम्चेका स्थानिय लामाकाजी शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार वि.स २०६१ सालमा चैत पहिलो साता हिम पात भएको थियो । त्यस यता चैत महिनामा हिम पात भएको यो पहिलो पटक हो । जलवायु परिवर्तनका कारण यस्तो भएको हुनसक्ने उहाँको अनुमान छ ।
नाम्चेभन्दा माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छभने तल्लो भेगमा केही कम मात्रामा हिमपात भएको खुम्बुका स्थानीय जाङमु शेर्पाले बताउनु भयो। यस अघि फागुन १५ गते सम्म हिमपात हुने खुम्बुमा यस बर्ष चैत अन्तिम साता बुधबार परेको हिमपात १५ वर्ष यता पहिलो पटक चैत महिनामा हिमपात भएको हो ।
प्रतिक्रिया दिनुहोस्