डडेल्धुराःविश्वभर को;रोना भाइरस (को’भिड १९) को महामारी फैलिरहेको छ। नेपालमा पनि कोरोना संक्रमित भेटिएका छन्। हाल नेपालमा को;रोना संक्रमितको संख्या नौ पुगिसकेको छ, जसमध्ये एकजना निको भएर घर फर्किएका छन्।अन्य आठ संक्रमितमध्ये दुईजना काठमाडौं, दुईजना बागलुङ र चारजना धनगढीमा उपचाररत छन्। प्राध्यापक डा. गोविन्द केसी नेपाली चिकित्सा क्षेत्र सुधारका अभियन्ता हुन्।
उनी पटक-पटक चिकित्सा क्षेत्रको सुधारगर्न भनी अनसन बसे। केसी एक अर्थोपेडिक सर्जन (हाडजोर्नीका शल्यचिकित्सक) हुन्। २६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले गत असोजमा अवकाश पाएका थिए। बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७ पटकसम्म त अनसन नै बसेका छन्।
उनका धेरै माग अझै पूरा भएका छैनन्। देशमा कोरोनाको रोकथामका लागि लकडाउन जारी छ । अहिले धेरैले डाक्टर केसीलाई पनि सम्झि रहेका छन् । चीनबाट ल्याइएका मेडिकल सामग्रीमा घोटाला, निजी अस्पतालले को;रोना संक्रमितको उपचार गरेनन् तथा उपचार गर्न अस्पताल अभावजस्ता समाचार अचेल सञ्चारमाध्यममा छ्यापछ्याप्ती आइरहेका छन्।
डा. केसीले त्यतिबेला यी सबै कुराको माग गरेर सत्याग्रह बस्दा कतिपयले उनलाई ‘पागल’ को बिल्ला समेत भिराएका थि ए। १७ औं पटकको सत्याग्रह बस्न गत कार्तिकमा डडेल्धुरा पुगेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अर्बौं रूपैयाँ ठगी गर्ने मेडि कल कलेजका सञ्चालकहरूलाई कारबाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिदिन माग राखेको थिए।
तर भारतसँग कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह रोकियो। कार्तिक १८ गतेबाट सुरु भएको उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भयो। राष्ट्रियताको संवेदन शिलताकै विषयमा देशभ रमा जनस्तरबाट आवाज उठेको भन्दै डा. केसी सत्याग्रह स्थगित गरेर काठमाडौं फिर्ता भएका थिए। सरकारसँग विभिन्न माग राखेर पटक-पटक अनसन बस्दै आएका उनी अहिले कहाँ छन्?
विश्व नै को’भिड १९ को महामारीबाट आक्रान्त भएका बेला नेपालमा पनि यसको त्रास छ । देशलाई अहिले थुप्रै चिकित्सकको आवश्यकता परेका बेला डा. केसी के गर्दैछन् ? अहिले सामाजिक सञ्जालमा समेत डा केसी कता गए भनेर धेरैले प्रश्न तेर्स्याएका छन्।आजभोलि प्राडा गोविन्द केसीको दिनचर्या बेग्लै छ। उनी एउटा अलग्गै संसारमा छन्। डडेल्धुरास्थित कीर्तिपुरको एउटा घरमा डा केसीको कोठा छ।
बिहानै ६ बजे उठेर उनी प्राय: कोठामै बस्छन्। ८ बजेअघि नै एक ग्लास तातो दूध पिएर उनी कोठाबाट निस्किन्छन् र लाग्छन् उनको सधैँको गन्तव्यतिर। करिब १० मिनेट हिँडेपछि उनको गन्तव्यमा पुगिन्छ, त्यो हो डडेल्धुरा अस्पताल। कीर्तिपुरबजार डडेल्धुराको अमरगढी नगरपालिका ५ सदरमुकाममै पर्छ। डडेल्धुरा अस्पतालमै कार्यरत एक कार्यालय सहयोगीको घरमा उनी दिनको ४ सय भाडा तिर्ने गरी एउटा कोठा लिएर बस्छन्, त्यो भाडा उनी आफ्नो गोजीबाटै तिर्छन्।
अस्पतालमा पुगेपछि उनी सीधै आफ्ना बिरामी जाँच्न पुग्छन्। चाहे त्यो इमरजेन्सी होस् या वार्ड ! बिरामीको खबर बुझेपछि उनी नयाँ बिरामीको उपचार गर्न र ती बिरामीलाई परामर्श दिनमै व्यस्त हुन्छन् । अस्पतामा दैनिक ७० हाडजोर्नीका बिरामी आउने गर्दछन्। ‘पहिले दिनको ७० भन्दा बढी हाडजोर्नीका बिरामी आउँथेँ । तर लक डाउन भएकाले अहिले १२/१४ जना मात्रै आउँछन्,’ डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले भने, ‘हामीसँग अर्थोपेडिकका एक अर्का डाक्टर छन्, डा गोविन्द केसी) उहाँले दिनभर बिरामी हेरिरहनुभएको छ।’
दिनमा एक घण्टाको ब्रेक लिने डा. केसी कहिले त्यो पनि लिँदैनन्। ‘बस बिरामीको उपचारमै व्यस्त हुन्छन्। दिनमा एकछाक खाना खाने उनी दिउँसो खाना पनि खाँदैनन्,’ सोही अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टले भने, ‘दिउँसो नेपालमा बनेको बिस्कुट, तातोपानी कहिले कोकाकोला खान्छन्, तर कामबाट फुर्सद नपाउने दिन त्यो पनि खाँदैनन्। भोकै बस्छन्।’
डा केसीले शल्यक्रिया कक्षमा चाहिने सानातिना सामानसमेत आफ्नै रकमले किन्ने गरेको बताए । ‘कहिले त गरिब बिरामी लाई आफ्नै पैसाले औषधि उनले किनेर दिन्छन्’ भट्टले थपे, ‘उनले गरिब बिरामीका लागि भनेर प्रति जोडा ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पतालमा राखेका छन्।’ दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्दछन्।
‘अस्पतालका कर्मचारीसँग नमस्तेबाहेक नबोल्ने उनीलाई सुरुमा बिरामीले चिन्दैनन्’ अस्पतालले अर्का कर्मचारी प्रकाशचन्द्र बुढाऐरले भने ‘बिरामीले सुरुमा चिन्दैनन्। चिनेपछि उनीलाई छोड्दैनन्।’ दिनभर बिरामीलाई हेरेपछि साँझ ७ बजेतिर उनी कोठातर्फ लाग्छन् । घरबेटीले बनाएको खाना खाएर सुतेपछि उनको त्यो दिनको दिनचर्या समाप्त हुन्छ। घरबेटीको घरभाडा र खानाको रकम उनले निरन्तर बुझाउँदै आएको छिमेकमै बस्ने अस्पतालका कर्मचारी बुढाऐरले बताए।
दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न भनेर डा केसी गत फागुन २० गते डडेल्धुरा पुगेका थिए। डडेल्धुरा अस्पतालमा केसीले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेपछि अहिलेसम्म सयौंले उनीबाट सेवा लिइ सकेका छन्। डडेल्धुरासहित बैतडी, बझाङ, दार्चुला र डोटीका हाडजोर्नी सम्बन्धी समस्या भएका धेरैले विशेषज्ञ चिकित्सा सेवा पाएका छन् । लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भीड लाग्ने गरेको थियो। तर,आज भोलि लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको अस्पतालले जनाएको छ। थाहा खबरबाट साभार
प्रतिक्रिया दिनुहोस्