आजको राशिफल : वि.सं.२०७६ साल चैत्र २७ गते । बिहीबार ।

ज्योतिषी गणेश काफ्ले । वि.सं.२०७६ साल चैत्र २७ गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल ०९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– प्रतिपदा, ०१ घडी ४३ पला,बिहान ०६ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–स्वाती,५४ घडी ४७ पला,रातको ०३ बजेर ४३ मिनेट उप्रान्त विशाखा । योग– हर्षण,१६ घडी ५० पला,दिउसो १२ बजेर ३२ मिनेट उप्रान्त बज्र ।

मेष : स्वअध्ययनले शिक्षामा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिने छ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्ने छन् । सबै क्षेत्रमा व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष : वि’वाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जाने छन् । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवनसाथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेकोछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन : अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ। तपाईको इमान्दारिताको कदर सबैले गर्नेछन। अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट : माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुने छ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहने छ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्रसँग अविश्वास बढेर जानेछ ।

सिंह : प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा हुने छैनन् । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ। विवादित विषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या : विद्या तथा प्रतिस्पर्धिहरू हार खानेछन् भने तपाईको कुरा काट्नेहरुलाई पाठ सिकाउन सकिनेछ। परिवारका साथ रमाईलो वातारण तथा हासखेलमा समय बित्नेछ। स्वअध्ययनले पढाइ लेखाइमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक : कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनु होेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

धनु : शसामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ। जनताको कामहरु समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ। प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर : कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नया प्रविधिको प्रयोग गरि समय अनुसार अपडेट होइनेछ। व्यापार व्यवसायमा भने घाटा लाग्नेछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ : साथी भाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्ने छ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिमा अरूभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । प्रेममा रमाउन चाहनेहरुले सामाजिक सञ्जाल मार्फत आफ्ना भावना साटासाट गर्न सक्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन : स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुने छन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्म विश्वासमा कमि ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्ने छ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्