लकडाउनमा सडक पूर्वाधारको काम धममाधम !

काठमाडौं । को;रोना भाइरस वि’रुद्ध मुलुकले ‘लक डाउन’ गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेषगरी सडक पूर्वाधार तर्फ काम थाल्ने सरकारको योजना छ । सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै थानकोट–नैबिसे लगायत सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने सडकहरूको कालोपत्रे माथि कालोपत्रे ओभर–ले गरिने भएको छ । उनले भने, ‘उक्त सडक खण्डको ‘ओभर–ले’ तथा स्तरोन्नति गर्नका लागि निर्माण कम्पनीलाई कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै काम अगाडि बढाउन भनिएको छ ।’

यस कार्यमा सहजीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई समेत अनुरोध गरिएको उनले बताए । स्तरोन्नतिका लागि भने सडकको चौडाइमा समेत सुधार गरिनेछ । अहिलेको अवस्थामा काम अगाडि बढाउन स्थानीयको समेत सहमति आवश्यक रहेको र त्यसका लागि अन्य संयोजन पनि मिलाउनुपर्ने उनले बताए। काठमाडौँ– हेटौँडा जोडिने कान्ति लोकपथको कामलाई अगाडि बढाइए पनि स्थानीयको अवरोधका कारण बुधबारदेखि काम रोकिएको जानकारीसमेत महानिर्देशक शर्माले दिएकाे समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्