आजको राशिफल : आज माघ ४ गते शनिबार, कुन राशिका लागि कति फलदायी ?

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७६ साल माघ ०४ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी १८ तारिख । नेपाल संवत् ११४० । परि धावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– अष्टमी, ०४ घडी ५६ पला,बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त नवमी । नक्षत्र–स्वाती,५१ घडी ०८ पला,रातको ०३ बजेर २५ मिनेट उप्रान्त विशाखा । योग– धृति,२२ घडी २९ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त शूल ।

मेष : माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजवुत हुने तथा व्यापार व्यवासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिने छ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा विलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

बृष : व्यवसायमा लगानि बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाइको काममा सहयोग हुने छ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाइको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमंग शरिरमा आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मिथुन : अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

कर्कट : अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढि नै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुने छ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आ म्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।

सिंह : उद्योग तथा उत्पादन मुलक व्यवसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिने छ । छोटो दुरीको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुने छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित विषयहरु हल भएर जानेछन् । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ ।

कन्या : कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउ नेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुने छ । खोज तथा अ’नुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानी हुने व्यवसायमा लगानि बढाउन सकिनेछ ।

तुला : सानातिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ। पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ। दाजुभाईले तपाइको काममा सहयोग गर्ने हुनाले ठूला तथा उपलब्धि मुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यवसायमा अलि बढि समय लगानी गरि आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

बृश्चिक : सामान्य स्वास्थ्य सम्बन्धि समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमि आउने छ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्यावहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ ।

धनु : व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । विशिष्ट व्यात्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाइलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ। जनता को कामहरु समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

मकर : सरकारी तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारी सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउँने योग रहेकोछ। प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धि मुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ

कुम्भ : आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ ।

मीन : पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरि हुनेछ । आफन्त तथा दिदि बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा नचाहँदै नचाहँदै टाडिनु पर्दा मन खिन्न हुनेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्