रुकुममा १० दिनभित्र अस्पताल बनाइने, पूर्वमन्त्री जनार्दन शर्मा पनि श्रमदानमा

काठमाडौं : कोही को;रोना भाइरसबाट संक्रमित भइहाले उनीहरुलाई आइसोलेसनमा राखेर उपचारका लागि रुकुममा १० दिनभित्र अस्पताल बनाइने भएकाे छ । जिल्लाको आठबीस कोट नगरपालिकामा १० दिनभित्र ८ कोठे भवन बनाउन लागिएकाे हाे ।

आज ३० घण्टामा अस्पतालको डीपीसी गर्ने कार्य सम्पन्न भइसकेको रुकुमका सांसद तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले जानकारी दिए । श्रम सहकारी द्वारा निर्माण गर्न लागिएकाे उक्त अस्पतालमा स्थानीयले जन श्रमदानमा काम गरिरहेका छन् । लक डाउनमा पनि नेता शर्मा गृहजिल्ला पुगेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिकामा १० दिनभित्र ८ कोठे भवन बनाउन लागिएकाे हाे। ३० घण्टामा अस्पतालको डीपीसी गर्ने कार्य सम्पन्न भइसकेको रुकुमका साँसद तथा पूर्वमन्त्री जनार्दन शर्माले बताए। श्रम सहकारी द्वारा निर्माण गर्न लागिएकाे उक्त अस्पताल मा स्थानीयले जनश्रमदानमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्