लकडाउन : काम रोक्न लगाएको भन्दै कु’टपिट

कालीकोट चैत २७ गते।बिश्वमा फैलिएको को;रोना भाईरस (को’भिड १९) रोकथामका लागि मुलुक लकडाउनमा छ। लकडाउनले नेपालमा को;रोनाको त्रास कम भएका वेला कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको केन्द्रमा त्यसको पुर्ण रुपमा उलंघन भईरहेको छ । लकडाउनमा विद्यालयको भवन निमार्ण रोक्न नेकपा नेतृ पार्वती सिहं सज्यालले आग्रह गर्दा सामुहिक रुपमा कु’टाई खानु परेको छ । आजको गोरखापत्रमा खबर छ ।

प्रदेश सरकारको अनुदानमा गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाहीका काका खगेन्द्र शाहीले विद्यालयको भवन निमार्णको जिम्मा लिनु भएको छ। नेकपा प्रदेश ख की सचिव पार्वती सिहं संज्यालले पटक पटक काम रोक्न आग्रह गर्दा नमानेपछि नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीलाई खवर गर्नुभयो । अध्यक्ष शाहीलाई खवर गरेको १५ मिनेट भित्र निमार्ण समितिका अध्यक्ष खगेन्द्र शाहीकी श्रीमती पन्चदेवल माध्यमिक विद्यालयकी प्रअ जया देवकोटा शाही, भाई र भतिजाको टोलीले नेतृ सज्याललाई कु’टपिट गरेका हुन ।

पार्वतीको घरमै पुगेर पत्रकारलाई विद्यालयको भवन निमार्ण भईरहेको खवर गर्ने प्रशासनलाई जानकारी किन गराएको भन्दै कुटपिट गरेको पार्वती सिहं सज्यायले वताउनु भयो । कुटपिटका वेला स्थानीयले खिचेको भिडियो फुटेजले समेत घ’टनाको पुस्टी गरेको छ ।
कुटपिट गर्न गएका मनराज शाहीले आफुहरु हाम्रो बिरोध किन गर्नु हुन्छ भनेर खवर गर्न गएको वताउनुभयो ।

हामी कु’ट्ने नियतले गरेका होइनौ हामी माथि नै आ’क्र’मण भएपनि सामान्य बि’वाद भएको वताउनु भयो । प्रहरी प्रमुख श्यामवावु ओलियाले प्रहरी काम रोकि सकेको तर राती काम गर्ने गरेको वताउनु भयो । उहाँले त्यतीको विवादलाई खास्सै वि’वाद आफुले नमानेको वताउनु भयो । गाउँपालिका अध्यक्ष डम्वर वहादुर शाहीले आफैले कार्यापालिकाको वैठकमा सबै काम रोक्ने निर्णय गरेकाले आफुले काम गर्न दियो भन्नु गलत भएको वताउनु भयो ।

आफ्नो कुनै हात छैन, तर बिवादमा जोडिएकाले पनि आफुलाई केही गुनासो नभएको वताउनु भयो । भवन निमार्ण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र वहादुर शाही गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाहीका काका हुनुहुन्छ । झ’डपको अवस्था आउदा सम्म पनि प्रहरी प्रशासनले भने धेरै कुरा लुकाईरहेको छ । उहाँले अन्त जिल्लामा लकडाउन उलंघन गर्नेलाई प्रशासनले कार्वाह ीगर्न हुने यता किन नहुने भन्दै गुनासो गर्नुभयो । आफुलाई यो घ’टनामा जोड्नु राम्रो नभएको वताउनु भयो । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले पहिलो पटक सल्लाहमा काम भईरहेको स्वीकार गर्नु भएपछि पछिल्लो समय काम रोक्न लगाएको र रोकिएको दावि गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्