पूर्वमन्त्री गोकर्ण विष्टले गृह जिल्ला पठाए ३ सय पिपइ र स्वास्थ्य सामग्री

गुल्मी: पूर्व श्रमरोजगार मन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले गृह जिल्लामा तीन सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पठाएका छन्। को;रानाको त्रासले गृह जिल्लामा पनि स्वास्थ्यकर्मीलाई पीपीईको अभाव देखिएको भन्दै उनले काठमाडौंदेखि उपकरण पठाएका हुन्।

तीन सय थान पीपीईसँगै तीनसय थान सेनिटाइजर, १० हजार थान सर्जिकल मास्क, पाँचसय थान एन नाइन्टी फाइफ मास्क र पाँच थान ज्वरो नाप्ने थर्मलगन खरिद गरेर पठाएको उनका स्वकीय सचिव रमेश काउछाले जानकारी दिए। जिल्लामा पठाइएका स्वास्थ्य उपकरणहरुलाई प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यकताको आधारमा जिल्लाका स्थानीय तहलाई वितरण गरिने छ। स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न ती सामग्रीले राहत पुग्ने मन्त्री विष्टको आशा छ।

विपतको बेला जिल्ला बासीलाई पर्ने समस्यामा आफूले कुनै कसुर बाँकी नराखी सहयोग गर्ने मन्त्री विष्टले प्रतिक्रिया दिएका छन् । गरिब, विपन्न, मजदुरहरुको सहयोगमा समेत उनले विशेष चासोका साथ सहयोग गर्दै आएका छन्। धेरै अभावका बीच पनि स्वास्थ्य उपकरणका सामग्रीहरु खरिद गरेर गृह जिल्ला पठाइएको उनको सचिवालयले जनाएको छ। पूर्व मन्त्री विष्ट इस्मा गाउँपालिका -४ गुल्मी निवासी हुन्।

प्रतिक्रिया दिनुहोस्