मास्क र सेनिटाइजर नेपाल भित्रिएसँगै खुल्यो तातोपानी नाका

चित्र मिजार, सिन्धुपाल्चोक । चीनमा को;रोना भाइरस देखिन थालेपछि बन्द रहेको तातोपानी नाका खुलेको छ । चीनबाट को;रोना संक्रमण भित्रिने डरले उक्त नाका माघ १३ गतेबाट पूर्णरुपमा बन्द रहेको थियो । तातोपानी सुख्ख बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले बुधबार साँझबाट नाका सूचारु भएको जानकारी दिनु भयो ।

तातोपानी नाकामा बिश्व स्वास्थ संगठनको मापदण्ड अनुरुप हेल्थ डेस्क स्थापना गरेर नाका संचालनमा ल्याइएको छ । नाका संचालनसंगै चीनबाट १९ बाकस माक्स, १० बाकस सेनिटाइजर आयात भएको छ । सीमावत्र्री भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जनप्रतिनिधि, प्रशासन, भन्सार र सुरक्षाकर्मी बीचको तीन बुदें सहमतीमा तातोपानी नाका खुलाइएको जानकारी दिनु भएको छ ।

उहाँका अनुसार हेल्थ डेस्क राखेर मास्क र सेनिटाइजर चीनियाँ प्रहरीले आवश्यक परीक्षण गरेर मितेरी पुलसम्म ल्याइ दिएका हुन् । उक्त सामान बिएम डेर्डीका ब्यबसायीले खरीद गरि ल्याएका हुन । उक्त सामान मध्य ७५ वटा मास्क र ५ सय वटा सेनि टाइजर सीमामा राखिएको हेल्थ डेस्कमा राखेर तातोपानी भन्सारमा लगिएको थियो । उक्त सामान लिन नेपाली कन्टेनर सीमामा पुगेको थियो ।

चीनियाँ भूभागमा स्वास्थकर्मीले जाँच गरि सो सामान नेपाल भित्रिएको जनाइएको छ । चालकको स्वास्थ, सवारी साधान, र सामानको समेत परीक्षण गरेर नेपाली भूमिमा से सामान भित्रिएको बताइएको छ । चीनले पनि मितेरी पुलको चीनियाँ भूभागमा स्वास्थ टोली राखेर जाँच गरिरहेको छ । भन्सार प्रमुख खत्रीले मास्क र सेनिटाइजरलाई नाकामा कीटनाशाक औषधी छर्केर र मालबस्तु जाँचमा आवश्यक प्रोटोकल पालाना गरि राजधानी पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्