को’रोना संक्रमितलाई मुख्यमन्त्रीको टेलिफोन- ‘मन दह्रो पार्नु, केही हुन्न’

काठमाडौं । को;रोना संक्रमण देखिएपछि धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीय युवतीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन सम्वाद गरेका छन। मुख्यमन्त्री गुरुङले अस्पतालमा रहेकी अशुंलाई टेलिफोन गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मुख्यमन्त्री र अंशुबीचको कुराकानी फेसबुकमा पोष्ट गरेका छन् । मुख्यमन्त्री गुरुङले अंशुसँगको कुराकानीमा भनेका छन्, “मन दह्रो पार्नु केही पनि हुँदैन । नियमित तातो पानी सेवन गर्नु होला । म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु ।”

जवाफमा अंशुले आफूले तातोपानी सेवन गरिरहेको र चिकित्सकले फोनमार्फत आफूसँग सम्वाद गरिरहेको बताएकी छन। बेल्जियमबाट कतार हुँदै काठमाडौं बाग्लुङ पुगेकी अंशुमा को;रोना संक्रमण देखिएको थियो। उपचार गराइरहेकी १९ वर्षीय युवतीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन सम्वाद गरेका हुन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्