लकडाउनपछि भारतमा प्रदूषण स्वाट्टै घट्यो, ३० वर्षपछि सफा देखियो १२५ माइल टाढाको हिमाल

काठमाडाैँ, २७ चैत । को;रोना भाइरस (कोभिड-१९) को महामारीले विश्वभर ठूलो संख्यामा मानवीय क्षति भएका छन्। विश्वको अर्थतन्त्र चौपट बनाएको छ भने विश्वभरका मानिस घरभित्रै थुनिएर बस्न बाध्य छन् । अहिले महामारी नियन्त्रण का लागि अधिकांश देशले लकडाउन गरेका छन् । न सडकमा गाडी कुँदेका छन्, त न आकाशमा विमान उडेका छन् ।

मानिसहरूकाे चहलपहल पनि न्यून भएकाे छ । को;रोना भा’इरसको कहालीले धेरै नकारात्मक असर पारे पनि विश्व व्यापी रुपमा वातावरणमा देखिएको स्वच्छतालाई लिएर भने धेरैले सकारात्मक मानेका छन् । छिमेकी मुलुक भारत विश्व कै अति प्रदूषित मुलुकको सूचीमा सूचीकृत छ । यहाँका अधिकांश ठूला शहरहरुबाट सफा आकाशको कल्पना गर्नु असम्भवप्राय: मानिन्छ ।

नदीहरुमा बढेको प्रदूषणले भारतको भविष्य कल्पना गर्दा पनि भय मान्नुपर्ने अवस्था उत्पन्न भइसकेको छ । तर को;रोना भाइरस कोभिड १९ को जो’खिमबाट बच्न अहिले समग्र भारत २१ दिन लामो लक डाउनमा छ । विश्वको दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारतमा अहिले सबै नागरिक बन्दाबन्दी स्वीकारेर घरभित्रै रहँद सदैव कोलाहलमय हुने शहरहरुमा सन्नाटा छाएको छ ।

३० वर्षपछि पहिलोपटक भारतमा १२५ माइल टाढाबाट सफा देखिएकाे हिमालय

लक डाउनका कारण त्यहाँकाे पयार्वरणमा भने उल्लेख्य सु’धार देखिएकाे छ । त्यसैले अहिले भारतीय हिम श्रृंखलाहरु पनि १ सय २५ माइल दूरीबाट देखिन थालेका छन् भने शहरहरु धुँवा र धुलो मुक्त हुँदा कञ्चन एवं स्वच्छ देखिन थालेका छन्। भारतमा १ सय २५ माइलको दूरीबाट हिमश्रृंखलाकाे सफा दृश्य देखिएको यो ३० वर्षपछि पहिलो भएकाे भारतीय वातावरणविद्हरुले बताएका छन् ।

जुन पञ्जाबको जालन्धरबाट समेत देखिएको थियो। २१ दिने लकडाउनको कारण हजारौँ उद्योगहरु अहिले भारतमा ठप्प छन्। जस्ले वायु प्रदुषणका लागि घा’तक भूमिका खेल्दै आएका थिए । हजारौँ रेलहरु स्टेशनमा थन्किएका छन्, जस्ले ध्वनि प्रदूषणका विकराल अवस्थालाई केही समयका लागि भए पनि राहत दिएको छ। लाखौं सवारी साधनहरु घर र ग्यारेजमा थन्किएका छन्, जस्ले सडक र सडक वरपरको वातावरणलाई स्वच्छ बनाएको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित इण्डिया गेट अहिले टाढैबाट टलक्क देखिन थालेको छ, जस्लाई राम्ररी नियाल्न पहिला छेउमा नै पुग्नुपर्थ्याे ।

प्रतिक्रिया दिनुहोस्