हास्यकलाकार किरण केसीद्वारा सय बोरा चामल र हजार थान माक्स सहयोग

काठमाडौं । कलाकार किरण केसी (राता मकै)ले लकडाउनका कारण अभावमा गुज्रिएको परिवारलाई सहयोग गरेका छन् । केसी र ट्वान्टीवान ग्रुप प्रोपर्टी डिलर्सले आज महालक्ष्मी नगर पालिकालाई सय बोरा चामल र १० हजार थान माक्स सहयोग गरेका हुन् । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई केसीले उक्त सहयोग आज हस्तान्तरण गरे ।

“लकडाउनका कारण दैनिक मजदुरी गर्ने परिवार यो बेला अभावमा छन्, यस्तो समय हामीले सहयोग गर्नुपर्छ,” केसीले भने, “जिम्मेवार नागरिकका हिसावले जे सकिन्छ त्यो सहयोग गर्नुपर्छ ।” सरकारले लकडाउन गरेसँगै १७ दिनदेखि घर मै मानिसहरु बसेका छन् । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवन गुजरा गरेकाहरुलाई विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्न सहित विभिन्न राहत वितरण गरिरहेका छन् ।

यसैक्रममा हास्य कलाकार किरण केसीले पनि राहत वितरण गरेका छन् । कलाकार केसी र ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलक्सले संयुक्त रुपमा ललितपुरको महा लक्ष्मी नगरपालिकालाई चामल र मास्क उपलब्ध उपलब्ध गराएको हो । कलाकार केसीका अनुसार नगर पालिका मार्फत पीडितलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाएको हो । उनले एक सय बोरा चामल र १० हजार पीस मास्क प्रदान गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्