नेपालमा को’रोना संक्रमण पुष्टी भएका सबै निको हुने क्रममा

काठमाडौं । नेपालमा को;रोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित उपचाररत अस्पतालका चिकित्सकले को;रोना संक्रमण भएकाहरु निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । चिकित्सकले पर्याप्त सतर्कता अपनाउन भने सबैमा आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । संक्रमित मध्ये दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, दुई जनाको धौलागिरी अस्पताल र चार जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका प्रवक्ता डा. जगदीश जोशीले संक्रमितहरूको स्वास्थ्य अवस्था ‘ख’तरामुक्त’ रहेको बताए । उनले भने, ‘संक्रमित चार जनामध्ये एक जनामा रुघाखोकी र ज्वरो आएको थियो । बाँकी तीन जनामा कुनै लक्षण देखिएको थिएन । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’ गत १० माघमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय युवकलाई को;रोना संक्रमण पुष्टि भएको थियो । हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्