काे’राेना सङ्क्रमित १ सय १ वर्षीय वृद्ध उपचारपछि निकाे भए

काठमाण्डाै – को;रोना भाइरस (काे’भिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर काे;राेनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन्। बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ ।

शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ । उनकी बुहारीले भनिन्, ‘उहाँ याे उमेरमा पनि गज्जबकाे हुनुहुन्छ ।’ उनी अस्पतालबाट फर्किए पछि घरका सबै सदस्यले उनीसँग फाेटाे खिचाए र फेसबुमा शेयर पनि गरे । याे फाेटाे अहिलेसम्म ६ हजार भन्दा बढी शेयर भएकाे छ भने ९ सय भन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

बीबीसीसँगको कुराकानीमा जो वाटसनले कीथ निको भइरहेको र उनले बुधबार अस्पतालबाट छुट्टी पाएको जानकारी दिइन् । उनी भन्छिन्, ‘शल्यक्रियाका लागि अस्पताल जानु एउटा भिन्न कुरा हो। तर जब उहाँमा को;रोना भाइरस देखियो भन्ने थाहा भयो तब हामीलाई असाध्यै डर लागेको थियो । हाम्रो मनमा विभिन्न नकारात्मक विचार आउन थालेको थियो । तर आफ्नो उमेरको हिसाबले उहाँको स्वास्थ्य स्थिती निकै राम्रो छ ।’

प्रतिक्रिया दिनुहोस्