६६० सीसी क्षमताको इन्जिनमा ३० किमि माइलेज दिने नयाँ अल्टो

काठमाडौं : नयाँ जेनेरेशन मारुती सुजीकी अल्टो २०२० यही वर्षको चार्डपर्वलाई ध्यानमा राख्दै बजारमा आउने भएको छ । सुजुकीले मारुती ८०० बाट भारतीय बजारमा प्रबेश गरेको ३६ वर्ष पछि अल्टोको इन्जिन साइजमा परिवर्तन ल्याउने भएको हो । नयाँ आउने अल्टो अहिलेको तुलनामा सानो इन्जिन, बढी पावर र थप सुरक्षीत हुने कम्पनीले जनाएको छ ।

अल्टोमा कम्पनीले जापानी बजारमा उपलब्ध अल्टो इकोको इन्जिन दिने अनुमान गरिएको छ । सुरक्षाको लागि यसमा एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर जस्ता फिचर यसमा उपलब्ध हुने छ । यसमा ६६० सीसी क्षमताको टर्बो इन्जिन उपलब्ध हुने छ । भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा आउने नयाँ अल्टोमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध हुने छ ।

यसमा एलडडी हेड ल्याम्प, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, इन्फोटेन्टमेन्ट सिस्टम र सबै किसिमका लाइट एलइडी प्रयोग हुने अनुमान गरिएको छ । मारुती सुजुकीको नयाँ हर्टटेक प्ल्याट फर्ममा तयार हुँदै गरेको नयाँ अल्टो माइलेजको हिसावले पनि उत्कृष्ट हुने छ । यसले प्रतिलिटर ३० किलोमिटर भन्दा बढी माइलेज दिने छ । भारतीय बजारमा अहिले पनि अल्टो सर्वाधिक बिक्री हुने मोडलमा पर्छ । नेपालमा पनि सबैभन्दा धेरै ट्याक्सीको रुपमा अल्टो प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्