आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

खलङ्गा, जुम्ला : चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् । को’भिड –१९ मुलुकमा फैलिन नदिने उद्दे श्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिए पछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताउनुभयो ।

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ। यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन। जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन् । भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ ।

अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई को;रोना संक्रमण देखि सकेको छैन । भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका ३२४ जनाको मंगलबार को’भिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

तरकारीे आयातमा ठप्प

तराईबाट जुम्ला तरकारी आयात अहिले पूर्ण रुपमा रोकिएको छ। नेपालगञ्ज, दाङ, सुर्खेत लगायत जिल्लाबाट जुम्लामा तरकारी आउने गरेको थियो। लक डाउनका कारण तराईका जिल्लाबाट आउने तरकारीको आयात अहिले पूर्णरुपमा ठप्प रहेको उद्योग वाणिज्य संघले जनाएको छ । यहाँ विशेष गरी नेपालगञ्जबाट आउने तरकारीले राम्रो बजार लिने गरेको धिताल तरकारी पसलका सञ्चालक सुन्दरी पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार वर्षको झण्डै २०० क्विन्टल तरकारी दैलेख, बाँके, दाङ्ग र सुर्खेतबाट जिल्ला आयात हुने गरेको छ । उपभोक्तालाई यहीँ उत्पादन हुने प्राङ्गारिक तरकारीको माग अनुसार पु¥याउन नसकेपछि तराईका जिल्लाबाट आउने तरकारी रोजाइमा पर्ने गरेको स्थानीयवासी शिवदेवी रोकायाले जानकारी दिनुभयो । लकडाउनपछि तराईको तरकारी आयात ठप्प हुनाले स्थानीय उपभोक्ताले स्थानीय स्तरमा उत्पादित तरकारी खरीद गर्ने गरेका छन् ।

एक घरधुरीलाई ३० केजी चामल

हिमा गाउँ पालिकाले प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण गर्दै आएको छ । गाउँ पालिकाको निर्णय अनुसार पहिलो चरणमा घरदैलामा पुगेर चामल र नुन वितरण गरिँदै आएको गाउँ पालिका अध्यक्ष रजबहादुर शाहीले बताउनु भयो । गाउँ पालिकाका दुई हजार ३३५ घरधुरीमध्ये १५० घरधुरी अतिविपन्न छन् ।

खाद्य संस्थानकै चामल

को;रोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्य संकटको पूर्वानुमान गर्दै सिंजास्थित हिमा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ । गाउँ पालिकाले नेपाल खाद्य संस्थान सुर्खेतबाट चामल खरीद गरी खाद्य बैंक बुधबार साँझदेखि सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका अनुसार चामल, दाल, नुन र तेल एकै ठाउँमा जम्मा गरी खाद्य संकटको समयमा वितरण गरिने छ । अतिविपन्नलाई पहिलो प्रथामिकतामा राख्दै फुड बैकबाट खाद्य पदार्थ उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका भरिका २३ भन्दा बढी घरधुरीलाई रु ४७ लाख बराबरको खाद्यान्न चामल खरीद गरिएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनु भयो ।

उहाँका अनुसार सुर्खेत खाद्य संस्थानबाट सात हजार क्विन्टल बढी चामल आयात गरिएको छ । पालिकाभरिका दुई हजार ३३५ घरधुरीलाई प्रतिपरिवार ३० केजी चामल, पाँच नुन, दाललगायत खाद्य पदार्थ उपलब्ध गराउनका लागि खाद्य बैँकमा जम्मा गरिएको अधि कृत बुढाले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्