सांसदको तलव का’टेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुविधा थपौं: गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री गगन थापाले महासंकटको घडीमा सुरक्षाकर्मी र स्वास्थ्य कर्मीलाई तलबभत्ता र सुविधा बढोत्तरी गरेर मनोबल बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् । नेपाल प्रहरी र केही ठाउँका स्वास्थ्य कर्मीको पारिश्रमिक पनि काटेर राहत कोषमा संकलन गरेको खबर आइरहेका बेला सांसद थापाले सांसदलगायत कम जोखिममा रहेर काम गर्नेहरूको तलव काट्न आग्रह गरेका हुन्।

नेपाली प्रहरीका अधिकारीको तलब कटौती गरेर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बनेको सरकारी कोषमा जम्मा गर्ने खबर सार्वजनिक भएपछि थापाले आफू लगायत सांसदको तलब कटौती गर्न माग गरेका छन्। सांसद थापाले ट्विटर मा लेखेका छन्, ‘महासंकटको यो घडीमा हामी सांसद लगायत कम जोखिममा काम गरि रहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलबभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं ।’

प्रतिक्रिया दिनुहोस्