सुलभ अग्रवालको बिलौना- ‘म अर्बपति मान्छे, दशा लागेर लाखमा लोभिएँ, माफी पाउँ’

काठमाडौँ । थर्मल गनको का’लोबजारीको आ’रोपमा प’क्राउ परेका चर्चित व्यवसायी शुलभ अग्रवालले प्रहरीको बयानमा आफ्नो गल्ती स्वीकारेपछि उनलाई सरकारी वकिलको कार्यालय लगिएको छ । ‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ’’ आफूले गल्ती गरेको भन्दै प्रहरीसँग बिलौना गरेका छन् ।

दरबारमार्ग स्थित प्रहरी हि’रासतमा राखिएका उनले बिहीबार बयान दिने क्रममा प्रहरीसँग यस्तो बि’लौना गरेका हुन्। शुक्रबार उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । बयान सकेर उनलाई पुन: महानगरीय प्रहरी वृत, दरबारमार्ग लागि एको छ । उनी दरबारमार्ग वृत्तबाट सरकारी वकिलको कार्यालयसम्म पुग्दा हातमा लाइटर नै बोकेर गएका थिए । उनी चुरोटका सौखिन छन् ।

महानगरीय प्रहरी अ’प’राध महाशाखाको टोलीले अग्रवाललाई गत आइतबार प’क्राउ गरेको थियो। आफैं ग्राहक बनेर डिल गर्ने क्रममा उनले का’लोबजारी गरेको पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अग्रवाल कूटनीतिक नियोगको २०९ एचसिसी १ नम्ब रको गाडीमा थर्मलगन राखेर बेच्न नक्साल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्