काठमाडौं आइपुग्यो कोरियाका नेपालीले पठाएको कोसेली, ४ हजार किट र २ हजार थान पिपिई

काठमाडौं : दक्षिण कोरियामा बस्ने नेपालीले पठाएको ४ हजार को;रोना परीक्षण किट काठमाडौं आइपुगेको छ। गैर आवासीय नेपाली संघ आन आरएनएका अध्यक्ष कुमार पन्तले शुक्रबार दिउँसो कीट काठमााडौं आइपुगेको जानकारी दिए।

को;रोना भाइरस वि’रुद्ध ल’ड्न दक्षिण कोरियामा बस्ने नेपालीले रकम संकलन गरी कोरोना परीक्षण किट ४ हजार थान, गाउन पिपिई २ हजार थान, पन्जा, सर्जिकल मास्क, थर्ममिटर लगायत स्वास्थ्य सामग्री पठाएका हुन्। नेपालमा ;कोरोना संक्रमण सुरु भए सँगै किट, पिपिई, सर्जिकल मास्क लगायत अत्यावश्यक सामग्रीको अभाव रहेको अवस्थामा कोरियामा रहेका नेपालीले ७५ लाखभन्दा बढी रकम संकलन गरी सामग्री खरिद गरेर नेपाल पठाएका हुन्।

पहिलो चरण र दोस्रो चरण गरेर सो संकलित सबै रकमकबाट नेपालमा स्वास्थ्य सामग्री पठाएको एनआरएनए कोरियाले जनाएको छ । गैर आवासीय नेपाली संघ (आन आरएनए) दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले शुक्रबार दिउँसो किट लगायतका स्वास्थ्य सामग्री काठमााडौं आइपुगेको जानकारी दिए। कोरियन एअरलाइन्सको विशेष चाटरण विमान मार्फत् स्वास्थ्य सामाग्री ल्याईएको हो।

प्रतिक्रिया दिनुहोस्