आजको राशिफल : वि.सं.२०७६ साल चैत्र २९ गते । शनिबार ।

ज्योतिषी गणेश काफ्ले । वि.सं.२०७६ साल चैत्र २९ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल ११ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– चतुर्थी,४६ घडी ३१ पला,रातको १२ बजेर २२ मिनेट उप्रान्त पंचमी । काठमाडौंमा सूर्योदय ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४१ पला ।

मेष : आफन्त तथा दिदीबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्ने छ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाढिने छन् । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

बृष : बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाइ बढ्न सकिने छ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । व्यापार व्यवसायबाट घाटा लाग्नेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन : स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति, बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ। खुट्टा तान्ने तथा काममा विवाद सिर्जन गर्नेहरु सक्रिय रहनेछन्। पढाइ लेखाइ अधुरै रहनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट : आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुँदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ। बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह : माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ। अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले सन्तोषजनक आम्दानी गर्न सक्नेछन् । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या : बन्द व्यापारमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछि परिनेछ । प्रतिस्पर्धामा बढी नै तयारी गरेर सामेल हुनुहोला अरुभन्दा कमजोर साबित हुने योग रहेकोछ। माया प्रेममा अरुकै कुरा सुन्ने बानिले समस्या निम्तन सक्छ। अग्रजबाट हुने फैसला तपाईको तपाईको पक्षमा नहुन सक्छ । दाजुभाइसँग घरायसि कुरामा विवाद हुने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला ।

तुला : बोलिको प्रभाव बढ्नेछ। खोज तथा अनसन्धानकाे क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ। आफन्त बाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक : कुनै पनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरु पनि प्रभावित हुनेछन् । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैयाँ पैसा माग्नेहरु आउनेछन् । राजनीति तथा सामाजिक काममा जनताको काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवनसाथीसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

धनु : खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जाने छ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्ने छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफु भन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर : दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ: बुवा वा अग्रजसँग कुरा नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावस्यक शंका गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलता को सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन : ध’र्म तथा ध’र्म विस्तारकाे लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुने छ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ । बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिने छ तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्