खसीको मासु किलोको अठार सयमा बेच्ने आइकालुलाई २ लाख ज’रिवाना

काठमाडौं : खसीको मासु अभाव भैरहेको अवस्थामा मौका छोपी प्रख्यात मा’सु पसल आइकालुले बढी मूल्यमा बिक्री गरेपछि का’रवाही भएको छ। अनुगमनको क्रममा नयाँ बानेश्वर शंकमुल स्थित आइकालु मासु पसलमा १८सय रुपैयाँ प्रति किलो खसीको मासु बिक्री गरिरहेको पाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले का’रवाही गरेको हो।

शुक्रबार विभागको अनुगमन टोलीले जरिवाना गरेर सञ्चालकलाई भने छोडेको छ । विभागका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २ लाख जरिवाना गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा खसीको मा’सु प्रति किलो १ हजार ८ सयका दरले बेचेको पाइएको थियो ।

उसलाई २ लाख रुपैयाँ जरिबाना गरिएको बिभागले जनाएको छ । यस्तै कलंकीकाे चितवन खाद्य स्टाेर्सलाई बढी मूल्यमा सामान बेचेको कसुरमा २ लाख र नागार्जुन नगरपालिका ४ बाफलमा म्याद नाघेको सामान बेच्ने न्यू बि. के. स्टाेरलाई ३ लाख ज’रिवाना गरि एको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्