मुख्यमन्त्रीसँग को’रोना संक्रमित युवतीको गुनासो- ‘डाक्टर भेट्नै आएनन्’

काठमाडौँ: धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय को;रोना संक्रमित युवतीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग डाक्टरहरु उपचारमै नआएको गुनासो गरेकी छन् । बागलुङकी ती युवतीले बिहीबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेलिफोन कुराकानीमा डाक्टरहरु फोनमा मात्रै संवादमा रहेको तर उपचारमा नआएको गुनासो गरेकी हुन् ।

मुख्यमन्त्री गुरुङले युवतीलाई आश्वस्त पार्दै आत्मवल दह्रो बनाएर अस्पताल मै बस्न सुझाएका छन् । मुख्यमन्त्री गुरुङले झोलिलो कुरा खान तथा पटक/पटक तातोपानी पिउन सुझाव दिदै डाक्टरले उपचारमा किन नगएको भनि बुझ्ने र प्रभावकारी उपचारको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट बाग्लुङ पुगेपछि परीक्षणको क्रममा ती युवतीमा को;रोना संक्रमण देखिएको थियो। उनीसँगै आएकी बागलुङकै अर्की महिलामा पनि को;रोना संक्रमण देखिएपछि दुबै जनाको अहिले धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्