राहत वितरणमा वि’भेद गरेको भन्दै जनप्रतिनिधि घे’राउ

काठमाडौं: धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ लक्ष्मीनिबासमा राहत वितरणमा विवाद भएको छ। जनप्रतिनिधि तथा राजनीतिक दलले वि’भेदपूर्ण तरिकाले राहत वितरण गरेको भन्दै स्थानीयले अ’वरोध गरेपछि वि’वाद भएको हो। शुक्र बार दिउँसो चित्रपुरमा धनीमानी तथा पक्की घर भएका परिवारहरुलाई समेत राहत उपलब्ध गराएको र गरिब विपन्नलाई छोडेको भन्दै आक्रोशित स्थानीयले राहत बोकेको ट्याक्टरलाई घेरेपछि केहिबेर त्यहाँ त’नाब उत्पन्न भएको थियो।

आ’क्रोशित स्थानीयले जनप्रतिनिधहरुलाई गा’ली ग’लाैज गरेका थिए। जनप्रतिनिधिले राजनीति तथा भोटबैंकको लागि आफ्ना आसेपासे धनीलाई राहत वितरण गरेको र विपन्न परिवारलाई छुटाएको भन्दै स्थानीय घुरन महतोले आक्रोश पोखे। ‘२/३ विघा जग्गा भएका व्यक्तिहरुलाई समेत राहत उपलब्ध गराएको छ। तर २ कठ्ठा मात्र घडेरी भएका गरिब विपन्नलाई राहतबाट बञ्चित गराएका छन्। यो कहाँको न्याय हो?’

उनले आक्रोशित हुँदै भने ‘राहत विपन्नको लागि आएको हो की धनीको लागि ? यो सरासर जनप्रतिनिधको बदमासी हो।’ यस्तै स्थानीय रामाबहादुर महतोले धनीहरुलाई राहत वितरण गर्दै हिँडे पछि आफूहरुले अ’वरोध गरेको बताए । ‘नेताहरुलाई साेध्दा भन्छन् कांग्रेसले गर्यो, का‌ंग्रेसका नेताले भन्छन् , नेकपाका नेताले यस्तो गर्यो। राहत विपन्न जनताको लागि आएको हो। फेरि यसमा पार्टी पोल्टिक्स कसरी भयो?’ उनले प्रश्न गर्दै भने।

प्रतिक्रिया दिनुहोस्