बाँदर र चराचुरुङीलाई आहार बाँड्दै मेयर शाक्य नेतृत्वको टोली

काठमाडौं: को;रोना भाइरस (को’भिड –१९)को संक्रमण फैलिन नदिने उदेश्यले सरकारले लकडाउन जारी गरेसँगै काठमाडौं महानगरपालिकाले सामूदायिक कुकुर, छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुलाई समेत आहाराको व्यवस्था गर्दै आएको छ ।

यसै अनुरुप काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यसहितको टोलीले आज आफैँ स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी उनीहरुलाई आहारको व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ), सह-सचिव राजेश्वर ज्ञवाली, महानगरीय ट्राफिक प्रहरी महा शाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल, प्रशासन विभाग प्रमुख नमराज ढकाल, महानगर प्रहरी प्रमुख धनपति सापकोटा लगायतको टोली सहित शाक्य स्वयम्भू, बौद्ध र पशुपति नाथ पुगेका हुन् ।

प्रमुख शाक्यको टोली ती तीन ठाउँमै पुग्दा ती वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधि पनि सहभागी भएका थिए । पशुपति क्षेत्र पुग्दा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकाल लगायत पनि सहभागी थिए। छाडा चौपाय, बाँदर र अन्य चरा चुरुङ्गीलाई आहारको व्यवस्था गर्न टोली सहित विश्व सम्पदा सूचिमा सुचिकृत ती क्षेत्रहरुमा पुगेका प्रमुख शाक्यले उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर ४३ औं नगर कार्यपालिका बैठकले उनीहरुलाई आहारको व्यवस्था गर्ने निर्णय गरेको र सोही अनुरुप काम अघि बढेको बताए ।

‘हामीले अ’साहय, अति विपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुलाई राहत वितरण गर्न को;रोना भाइरस (को’भिड– १९) स’म्वन्धी राहत वितरण मापदण्ड–२०७६ नै पारित गरी त्यसैको मा पदण्ड अनुसार राहत वितरण गर्दै आएका छौँ,’ प्रमुख शाक्यले भने, ‘हामीले चराचुरुङ्गी, परेवा, छाडा चौपाय, सामुदायिक कुकुर, बादर केही पनि भोकले नमरुन भनेर वडा–वडालाई नै उनीहरुको आहारका लागि बजेट पठाएका छौँ ।’

उनले सबै वडाले त्यहि बजेट मार्फत आहाराको व्यवस्था गरिरहेको भन्दै आज मुख्य गरेर बादँर, कुकुर र छाडा चौपायको बढी भीडभाड हुने विश्वसम्पदामा सुचिकृत सम्पदा क्षेत्रहरु स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रमा अनुगमनका लागि पुगेको जानकारी दिए। ‘निर्णय गरे अनुसार काम भैरहेको छ कि छैन भनेर आज केन्द्रीय टोली अनुगमनका लागि आएको हो,’ उनले भने, ‘महानगरभित्र कोही पनि भोको नरहोस् भन्ने भावना अनुरुप नै सबै वडाले सक्रिय रुपमा काम गरिरहेका छन् ।’

उनले असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने मात्र होइन महानगर क्षेत्र भित्र घर भएर पनि किनेर खान समस्या भएकालाई पनि राहतको व्यवस्था गरेको जानकारी दिए। ‘काठमाडौँमा बहालमा बसेका तर किनेर खान समस्या भएका र काठमाडौँमै घर भएका तर, किनेर खान समस्या भए दुबैलाई हामीले व्यवस्था गर्छौ भनिरहेका छौँ,’ उनले भने, ‘आयस्रोत भएका, लकडाउनको अवधिमा खानलाई समस्या नभएको वर्ग अहिलको राहतका लागि लक्षित वर्ग भित्र पर्दैन ।’

विदेशबाट यहाँ आएर बसेका, लकडाउनका कारण स्वदेश फर्किन नपाएका र किनेर खान समस्या भएकाहरुलाई पनि राहतको व्यवस्था गर्ने उनले जानकारी दिए। उनले भोलि बसन्तपुर, कालमोचन लगायतका क्षेत्रमा अनुगमन गर्ने पनि जानकारी दिए । लकडाउन का कारण मानिसको आवागमन नहुँदा र होटल, रेष्टुराँहरु सञ्चालन हुँदा सामूदायिक कुकुर, बाँदर र छाडा चौपायाले खाने कुरा खान नपाएको कुरालाई ध्यानमा राख्दै उनीहरुलाई आहाराको व्यवस्था गर्न वडा हरुलाई थप रकमको व्यवस्था गर्न आफू तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्