भारतमा पनि लकडाउन लम्ब्याएर ३० अप्रिलसम्म पु-याउने भारतीय प्रधानमन्त्री मोदीको संकेत

काठमाडौं, २९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले भारतमा लकडाउन लम्बिने संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुसंग छलफल गर्नु भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न राज्यका मुख्य मन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै यस्तो संकेत गरेका हुन् ।

भिडियो कन्फ्रेन्समा मोदीलाई मुख्यमन्त्रीहरुले लकडाउन कम्तिमा ३० अप्रिलसम्म लम्ब्याउन सुझाब दिएका थिए । पछिल्लो समयमा भारतमा को;रोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढि रहेको समयमा पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनजीले लकडाउन दुई साता लम्ब्याउन सुझाव दिएकी छिन् । यसैबीच, सबै भन्दा धेरै को;रोना संक्रमण फैलिएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले भिडियो कन्फ्रेन्स मार्फत प्रधानमन्त्री मोदीलाई ३० अप्रिलसम्म लकडाउन जारी राख्न सुझाव दिनुभएको थियो ।

२५ मार्चदेखि भारतमा २१ दिने लकडाउन जारी छ । तर पनि भारतमा को;रोना संक्रमितहरुको संख्या बढिरहेका छन् । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार अहिलेसम्म भारतमा को;रोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ४९ पुगे को छ । शनिबार मात्र भारतमा ४० जनाले ज्या’न गुमाएका छन् । त्यस्तै, संक्रमितको संख्या ७ हजार ८ सय ७६ पुगेको छ । यसैबीच ७ सय ७४ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्