को’रोना कोषमा सांसद विकास कोषको रकम राख्ने निर्णय गरिहालौं: नारायणकाजी श्रेष्ठ

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम को;रोना कोषमा राख्नुपर्ने बताएका छन् । श्रेष्ठले शनिबार ट्वी’ट गर्दै श्रेष्ठले सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गरेका छन्।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ,’ उनले भनेका छन्, ‘अहिले को;रोना संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राखौं ।’ श्रेष्ठले अब देखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गरेका छन्। ‘यो शीर्षकमा बजेट नराखौं, यो सही छ। निर्णय गरिहालौं,’ श्रेष्ठले भनेका छन्।

श्रेष्ठले प्रमुख प्रतिपक्षी लगायत दलसँग सरकारले समन्वय गर्नुपर्ने बताएका छन्। उच्चस्तरीय समन्वय समितिले बैठकलाई निरन्तरता दिनुपर्ने पनि उनले बताएका छन्। ‘उच्च स्तरीय समन्वय समितिले यस्तो बैठक आयोजना गरेको पनि थियो। यसलाई नियमितता दिनु उपर्युक्त हुन्छ। सुझाव लिन र निर्णयहरूको औपचारिक जानकारी लिन,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्