आफू जस्तो नैतिक र सदाचारी मानिस अरु नभएको गोकुल बाँस्कोटाका दावी

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू जस्तो नैतिक र सदाचारी अरु नभएको दावी गरेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करोडौं कमिशन काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अ’नैतिक र भ्र’ष्ट नभएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले एक जनाले प्रश्न उठाउनसाथ आफूले छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको तर्कसमेत गरेका छन् ।

उनले इमानदारिता र नैतिकतामा आफू पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र पूर्वमन्त्री केशरबहादुर विष्टको समान रहेको जिकीर पनि गरेका छन् । सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र रंगशालामा दु’र्घटना हुनासाथ केशरबहादुर विष्टबाहेक अरूले आफूले जसरी राजीनामा नदिएको तर्क बाँस्कोटाले गरेका हुन् । आफूलाई अ’नैतिक र भ्र’ष्ट भन्नेलाई उनले उडाउँदै भनेका छन्, ‘बात गर्छन् ।’

आफ्नो सामाजिक सञ्जालमा बाँकोटा लेख्छन्, ‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ । सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दु’र्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिए बाहेक कसैले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अ’नैतिक र भ्र’ष्ट ? बात गर्छन् !’

प्रतिक्रिया दिनुहोस्