प्रधानमन्त्री ओलीको आह्वान : भोलि बिहान ‘राष्ट्र गान गाऔं, ताली बजाऔं’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बासीहरुलाई सोमबार बिहान एउटै समयमा राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । उनले को;रोना वि’रुद्धको उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अत्या वश्यक सेवा प्रवाहमा अनवरत खटिएकाहरुको सम्मानमा सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन नागरिकहरुमा आह्वान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले यसअघि नै नयाँ वर्षको दिन विहान ८ बजे घरको बार्दली, छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको थियो । प्रधानमन्त्री ओलीले सोही कार्यक्रमलाई समर्थन गर्दै यस्तो आह्वान गरेका हुन्। नयाँ वर्ष ०७७ को अव सरमा ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा हुन लागेको उक्त अभियानमा प्रधानमन्त्री ओलीले समर्थन जनाउँदै राष्ट्रिय गान बजाउन र गाउन अपिल गरेका हुन्।

आइतबार एक ट्वीट गर्दै प्रधानमन्त्रीले लेखेका छन्-‘राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!“, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ ग्लोबल कम्प्याक्ट नेपालले सबैले राष्टिय गान गाएपछि कर ताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाउन समेत आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्