महामारीबाट देशलाई बचाउन स्वास्थ्य मन्त्रीको आह्वान

काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले महामारीबाट देशलाई बचाउनुपर्ने अहिलेको प्रमुख दायित्व भएको बताएका छन् । अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने पनि उनको प्रतिवद्धता छ । सोमबार मन्त्री ढकालले नयाँ वर्ष २०७७ को शुभकामना सन्देश सहित महामारीबारे गम्भीर र सचेत हुन सबैलाई आग्रह गरेका हुन् ।

साथै महामारी वि’रुद्धको ल’डाइँका लागि सबैलाई एकजुट हुन पनि मन्त्री ढकालले आग्रह गरे। म’हामारीका बेला जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गरिने पनि उनले जनाए। यस वाहेक स्वास्थ्य सामग्री तथा सुरक्षा सामग्रीको सदुपयोग गरी यथेस्ट मात्रामा उप लब्ध गराउन आफूहरु लागिपरेको उनले बताए । साथै सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षाको प्रत्याभुति सरकारले गर्ने जनाए ।

तपाई हाम्रो यो सहयोगले सिंगो देशलाई को;रोना संक्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ। आजको परिस्थिति मानव जातिको रक्षाको लागि योगदान गर्ने अवस्था हो। उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरु यथेष्ट मात्रामा पु¥याउन हामी लागि परेका छौँ ।

प्रतिक्रिया दिनुहोस्