विदेशबाट आएकाहरुका कारण नेपालमा को’रोना संक्रमण दर बढ्दो क्रममा

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता को;रोना भाइरस को’भिड –१९ को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो। को;रोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्या क्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी बन्न सकेको छैन । पछिल्ला तीन दिनको अवधिमा पाँच जनामा को;रोना संक्रमण पुष्टि भएको छ।

संक्रमण दर बढ्न सक्ने भन्दै सतर्क रहन चिकिन्सकले सुझाएका छन्। यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । राजधानीको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आइरहेका केही व्यक्तिमा को;रोना संक्रमणको आशंका पाइएपछि पुरै अपार्टमेन्ट सिल गरिएको छ । अपार्टमेन्टमा बस्दै आएका तीन जनाको ¥यापिड डायग्नोस्टिक टेस्टका क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि प्रहरीले अपार्टमेन्ट सिल गरेको हो ।

अपार्टमेन्टमा झन्डै १ हजार ८ सय व्यक्ति बसोवास गर्दै आइरहेका छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्ट क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। उनले भने, ‘अब अपार्टमेन्टमा बसेका सबैलाई क्वारेन्टाइन मा राख्ने गरी आवश्यक सामग्रीहरू उपलब्ध गराइनेछ, सबैलाई अपार्टमेन्टभित्रै क्वारेन्टाइनमा राखिनेछ ।’

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आरडीटी टेस्ट गर्दा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि पाटन अस्पतालमा भर्ना गरिएको जानकारी दिए । पाटन अस्पतालमा उनीहरूको पीसीआर परीक्षण सुरु भएको छ । ५ चैतमा उनीहरू लन्डनबाट काठमाडांै आएका थिए । अपार्टमेन्टमा मानिसहरूको भीडभाड हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्