स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

काठमाडौं, २ वैशाख । सरकारले को;रोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । स्वास्थ्य सामग्री खरिदका लागि सरकारले गरेको पत्राचारको प्रति उत्तरमा भारत र चीनले आव श्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिने सहितको पत्र नेपाली सेनालाई प्राप्त भएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने भएको हो ।

खरिद प्रक्रियालाई तीव्र रूपमा अगाडि बढाउने क्रममा चिनियाँ कम्पनीसँग सोमबार भिडियो संवाद गरी नेपाललाई चाहिने स्वास्थ्य सामग्रीबारे जानकारी दिइएको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘‘खरिदका लागि पत्राचार गरिएका मुलुकमध्ये भारत, चीन र दक्षिण कोरियाबाट प्रतिउत्तर आएको छ, प्रति उत्तरमा भारत र चीन तयार भएकाले तिनीहरूसँगै स्वास्थ्य सामग्री खरिद गरिने छ । ’’ यो खबर आजको गोरखापत्र दैनिक ले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्