आस्था वि’रुद्ध ‘अभद्र व्यवहार’ मा मु’द्दा चलाउँदै प्रहरी

काठमाडौं, ३ माघ । गायिका आस्था राउतलाई प्रहरीसँगको लफ’डाले धक्का लागेको छ। आफूलाई विमानस्थलमा चेकजाँच गरेको भन्दै प्रहरीमाथि खनिएकी आस्था वि’रुद्ध प्रहरीले ‘अभद्र व्यवहार’ को कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठमाथि आस्थाले ‘अभद्र व्यवहार’ गरेको आ’रोप छ ।

आस्थामाथि ‘गा’ली गलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। यही गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (डोमेष्ट्रिक) बाट विराटनगर जान लागेकी आस्थालाई चेकजाँचमा गर्ने प्रहरी जवान रमिता माथि भनाभन भएको भिडियो समेत सार्वजनिक भएको छ । आफूलाई प्रहरीले दुव्र्य’व्यवहार गरेको भन्दै आस्थाले आफ्नो फेसबुक पेजबाट प्रहरी माथि खनिएकी थिइन् ।

तर, प्रहरीले सार्वजनिक गरेको सिसीटिभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ । अनुसन्धान कै क्रममा प्रहरीले सिसिटिभी फुटेज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले गायिका आस्था माथि अनुसन्धान सुरु गरेको जनाएको हो । पी’डित जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आस्था वि’रुद्ध उ’जुरी दिएकी छन् । प्रहरी प्रधान कार्यालयले विमानस्थलबाट आस्था र प्रहरी जवान बीच भएको विवादको सीसीटिभी फुटेज झिकाएर कसुर गर्ने माथि का’रबाही गर्न महानगरीय प्रहरी कार्या लयलाई निर्देशन दिएको थियो ।

अ’भद्र व्यवहार सम्बन्धी प्रारम्भिक अनुसन्धानमा आस्थाकै गल्ती देखिएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताएका छन् । अभद्र व्यवहारको मु’द्दा स्थानीय प्रशासनबाट का’रबाही चलाइन्छ । प्रहरीले जिल्ला प्रशासन कार्यालबाट म्याद थपेर घटनाको थप अनुसन्धान गर्न सक्छ । क’सुर प्रमाणित भएमा आरोपी वि’रुद्ध ५ महिना देखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म ज’रिवाना वा दुवै स’जाय गराउन सक्नेछ । आस्था नेपाली सांगीतिक क्षेत्रमा खाशै चिनिएकी गायिका होइनन् ।

उनका केही गीत चर्चामा आएपनि उनलाई सिमित दर्शक तथा श्रोताले मात्र चिन्छन। त्यसमाथि २४सै घण्टा ड्युटीमा खट्न प्रहरीले उनलाई चिन्ने कुरै भएन। तर, आस्थाले आफू गायिका भएको दम्भ देखाउँदै प्रहरीले आफू माथि ‘तँ’ शब्द प्रयोग गरेको भन्दै प्रहरी लाई गा’ली ग’लौज गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भा’इरल भएपछि प्रहरी अनुसन्धान सुरु गरेको थियो ।दृष्टिबाट

प्रतिक्रिया दिनुहोस्