मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अवधि फेरि बढाउने तयारी

काठमाडौं, २ वैशाख । मुलुकमा को;रोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको तीन हप्ता पूरा भयो । लकडाउनको पछिल्लो म्याद भोलि वैशाख ३ गते सकिँदै छ । तर सरकारले लकडाउनलाई फेरि लम्ब्या उने तयारी गरिरहेको स्रोतबाट खुल्न आएको छ । यही विषयमा छलफल गर्न आज मन्त्रिपरिषदको बैठक बस्न लागेको छ ।

स्रोतका अनुसार आज बिहान ११ बजे बालुवाटारमा बस्ने उक्त बैठकले लक डाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताउनु भएकाे थियाे । यसकाे संकेत लकडाउन थपिने भन्ने नै थियाे । बालुवाटार स्राेतका अनुसार चाैथाेपटक लकडाउन कम्तीमा एक हप्तादेखि १० दिनसम्मका लागि थप गर्ने सरकारको तयारी छ ।

यसअघि गत चैत २४ गतेकाे मन्त्रिपरिषद बैठकले ८ दिन थप गरेकाे थियाे । साे अवधि भाेलि बुधबार सकिँदैछ । नेपालमा पछिल्लाे समय काे;राेना संक्रमण केसहरू स्थानीय स्तरमा र विशेष गरी भारतबाट नेपाल पसेकाहरूमा देखिएकाे छ । भारतमा काे;राेनाका केसहरू बढिरहँदा त्यहाँकाे सरकारले पनि लकडाउन बढाइरहेकाे छ। नेपालमा पनि जाेखिम न्यूनीकरण गर्ने उपायका रूपमा लकडाउन गरिएकाे र यसकाे अवधि परिस्थिति अनुसार बढाउँदै जाने सरकारकाे रणनीति रहेकाे छ। फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्