लकडाउन अवधि वैशाख १५ गतेसम्म थप्ने निर्णय

काठमाडौं : सरकारले देशव्यापी लकडाउन अवधि वैशाख १५ गतेसम्मका लागि थप गरेको छ। देशका विभिन्न ठाउँमा को;रोना (को’भिड -१९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको छ । म‌गलबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।

सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ। सुरुमा एक हप्ताका लागु घाेषणा गरिएकाे लकडाउन सरकारले दुई पटक एक-एक हप्ताका लागि थपिसकेकाे थियाे । यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेकाे छ । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर ;कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

हालसम्म नेपालमा १६ जना को;रोना संक्रमित भेटिइसकेका छन् भने मंगलबार मात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा को;रोना संक्रमण पुष्टि भएको छ । यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा को;रोना भाइरसको संक्रमित भेटिएका थिए । अहिले सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना को;रोना संक्रमित उपचाररत छन्। एक जना भने उपचार पछि घर फर्किसकेका छन्।

यसअघि सरकारले चैत ११ गते चैत १८ गते सम्मका लागि लक डाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्