भारतमा को’रोना प्रकोप साम्य नभएसम्मका लागि सीमामा आवजावत बन्द

काठमाडौं, ०२ बैशाख । सरकारले अनिश्चित कालसम्मका लागि छिमेकी राष्ट्र भारतसँगको सीमामा आवतजावत बन्द गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रि परिपदको बैठकले भारतसँगको सीमामा आवतजावत अनि श्चितकालसम्मलाई बन्द गरेको हो । त्यस्तै, सरकारले लकडाउन १२ दिन थप्ने निर्णय पनि गरेको छ ।

भारतमा को;रोना संक्रमण तीब्र रुपमा फैलि रहेको छ । सोही विषयलाई मध्य नजर गर्दै सरकारले भारतमा को;रोना प्रकोप साम्य नभएसम्मका लागि आवतजावतमा बन्द गर्ने निर्णय गरेको बताइएको छ । लक डाउनको समयमा नै भारतबाट को;रोना संक्रमितहरु नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाई गर्ने निर्णय गरेको हो ।

त्यसोत, अन्तर्राष्ट्रिय उडान पनि बैशाख १८ गतेसम्मका लागि सरकारले स्थगित गरिसकेको छ । अहिले सुदूर पश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना को;रोना सं’क्रमित उपचाररत छन् । एक जना भने उपचारपछि घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्