आज हावाहुरी सहित वर्षाको सम्भावना, सचेत रहन मौसमविदको आग्रह

काठमाडौं, ०३ बैशाख । नेपालमा स्थाननीय वायु र पश्चिमी वायुको प्रभावले आज (बुधबार)पनि मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित असिना तथा हावाहुरीसहित वर्षा हुने छ। त्यसैगरी बाँकी क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने भएपनि देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही सथानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्