रौतहटका संक्रमित युवककाे परिवारमा संक्रमण देखिएन, सबैलाई क्वारेन्टाइनमा राखियाे

रौतहट, २ वैशाख। रौतहटको इशनाथ नगरपालिकामा बस्ने १९ वर्षिय युवामा को;रोना पोजेटिभ देखिएसँगै उनको परिवारका सदस्यहरुको पनि काे;राेना जाँच गरिएकाे छ। साथै उनी बस्ने गरेकाे क्वारेनटाइनमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षा कर्मीको पनि -यापिड डाइगोनिष्ट विधिबाट परीक्षण गरिएको छ ।

युुवकका घरका परिवार सदस्य १४ जनासहित जम्मा ३९ जनाको टेष्ट गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भयो । ‘हामीले उनका परिवारका सदस्यहरु र सो क्वारेटाइमा रहेका सुरक्षा कर्मी, स्वास्थ्यकर्मी लगायत सबैको परिक्षण गर्यौं,’ उहाँले भन्नुभयो , ‘सबैको नतिजा नेगेटिभ आयो । यो सुखद् पक्ष हो तर पनि हामी सचेत रहनैपर्छ ।’

उहाँले यसलाई सकारात्मक भन्दै कोहीमा शंकास्पद को;रोनाको लक्षण देखिए पिसिआर टेष्ट गराउने तयारी प्रशासनले गरेको बताउनुभयो। जिल्लामा कोरोना संक्रमित देखिएसँगै प्रशासनले जिल्लाका विभिन्न स्थानहरुमा -यापिड डाइगोनिष्ट टेष्ट गराउने तयारी गरिरहेको जानकारी दिँदै उहाँले जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको बताउनु भयाे । यसैबीच ती संक्रमित युवकका सबै परिवारका सदस्यहरुलाई पनि क्वारेनटाइमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्